दफा
कर्मचारी सम्बन्धी व्यवस्था

८. कर्मचारी सम्बन्धी व्यवस्थाः

(१) समितिको कार्य सञ्चालनको लागि समितिमा आवश्यक सङ्ख्यामा कर्मचारीहरू रहनेछन् ।
(२) उपदफा (१) को प्रयोजनको लागि समितिले नेपाल सरकारको पूर्व स्वीकृति लिई आवश्यकता अनुसार करारमा कर्मचारी नियुक्त गर्न सक्नेछ ।
(३) उपदफा (२) बमोजिम करारमा नियुक्त कर्मचारीको पारिश्रमिक, सेवाका शर्त र सुविधा सोही करारमा उल्लेख भए बमोजिम हुनेछ ।
(४) समितिको अनुरोधमा मन्त्रालयले आवश्यकता अनुसार कर्मचारीहरू समितिमा काम गर्न काजमा खटाउन सक्नेछ । त्यसरी काजमा खटाउँदा नेपाल सरकार वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्वमा रहेका संगठित संस्थाका कर्मचारीहरू समेत खटाउन सकिनेछ ।
(५) उपदफा (४) बमोजिम काजमा खटिएका कर्मचारीले समितिले तोके बमोजिमको सुविधा पाउने छन् ।